२८ आश्विन २०८३, बुधबार

दसैँमा कस्तो रहन्छ मौसम ? यस्तो छ पूर्वानुमान

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । यो वर्र्षको दसैँमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

देशका पहाडी भेगका केही स्थानमा सामान्य बदली भइ हल्का वर्षा हुने भए पनि सामान्यत: मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गत वर्षको खसैँमा अत्यधिक झरी परेका कारण मानिसहरूले राम्रोसँग दसैँ मनाउन पाएका थिएनन् । यो वर्ष पनि मौसम बदली रहिरहेको अवस्थाले दसैँमा पानी पर्छ भन्ने धेरैको आँकलन र चिन्ता छ ।

महाशाखाले विस्तृत मौसम विवरणसहितको ‘दसैँ बुलेटिन’ चाँडै जारी गर्ने तयारी गरिरहेको बताएको छ ।