२८ आश्विन २०८३, बुधबार

सिडि विजय अधिकारीको ‘सिकारी–२’ फुलपातीमा सार्वजनिक हुँदै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । भ्वाइस अफ नेपाल सिजन–१ का विजेता तथा पछिल्लो समयका चर्चित गायक सिडि विजय अधिकारीको नयाँ गीत ‘सिकारी–२’को म्युजिक भिडियो फुलपातीका दिन सार्वजनिक हुने भएको छ ।

गतवर्ष ‘सिकारी’ गीत सार्वजनिक गरेका अधिकारीका सबैजसो गीत नेपाली सांगितिक बजारमा लोकप्रिय बनेका छन । युटयुवमा पाँच मिलियनभन्दा बढी भ्युअर्स कमाएको ‘सिकारी’ गीतको नयाँ भर्सनसहित ‘सिकारी–२’ बजारमा ल्याउन लागिएको निर्माण पक्षले जनाएको छ ।

सीडीएम म्युजिक क्रिएसनको ब्यानरमा निर्माण भएको ‘सिकारी–२’मा अधिकारीको आवाज रहेको छ भने राजकुमार बगरको शब्द–संगित रहेको छ । सन्तोष राजवाहकले निर्देशन गरेको म्युजिक भिडियो काभ्रेपलाञ्चोकका विभिन्न रमणीयस्थलमा छायांकन गरिएको छ ।

म्युजिक भिडियोमा पछिल्लो समयमा व्यस्त र चर्चाको शिखर चुमिरहेका दिपेन्द्र राज गिरीका साथमा स्वयम् गायक अधिकारी, शिशिर भण्डारी, निक्स शर्मा, कृषला तामाङ तथा अनिषा ओलीको अभिनय देख्न सकिन्छ ।

करिब २ हप्ता अघिमात्र ‘मेरो लासको मलामी’ गीतको फिमेल भर्सन बजारमा ल्याएका अधिकारीको उक्त गीतमा पनि दिपेन्द्रराज गिरीको अभिनय देख्न सकिन्छ । उक्त गीतले बजारमा अहिले राम्रो प्रतिक्रिया र भ्युअर्स पाइरहेको छ ।