८ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । चीन भ्रमणका क्रममा अस्वस्थ भएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिन चीनमै बसेर स्वास्थ्य उपचार गराउने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै केही दिन चीनमै रहेर उपचार गर्ने बताएका हुन् ।

श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । श्रेष्ठको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्तै बैठकले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न स्वीकृति दिएको छ ।

बैठकले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्र स्वीकृत गरी सो समझदारी पत्रमा समकक्षी मीलाइ हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अख्तियारी दिएको छ भने नेपाल र कतारबीच हुने सञ्चारसम्बन्धी समझदारी स्वीकृति गर्ने र उक्त समझदारी पत्रमा समकक्षी मीलाई हस्ताक्षर गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अख्तियारी दिइएको शर्माले जानकारी दिइन् ।

बैठकले नजिकिएको चाडपर्व दसैँ, तिहार, नेपाल संवत्, छठलगायत राष्ट्रिय पर्वका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना समेत व्यक्त गरेको छ ।