८ कार्तिक २०८३, आइतबार

११ किलो सुन बरामद प्रकरण: थप एकजना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक। गत असोज ११ गते दोलखाको सिंगटीबाट बरामद ११ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीले रसुवाका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

न्यौपानेले तस्करी भएर आएको सुन खरिद गर्ने गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ । यो प्रकरणमा हालसम्म ११ जना पक्राउ परिसकेका छन् ।