बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

एनआरएनएको निर्वाचनमा जालझेल, उपाध्यक्षका उम्मेदवार डा. श्रेष्ठको तस्वीर गायव

दैनिक नेपाल २०८० कार्तिक २ गते ११:४१

काठमाडौं, २ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद्को जारी निर्वाचनमा अस्ट्रेलियाबाट उपाध्यक्षका उम्मदेवार बनेका डा. विनोद श्रेष्ठको तस्वीर हटाइएको पाइएको छ ।

उम्मेदवार डा. श्रेष्ठले आफूलाई हराउन षडयन्त्र भइरहेको भन्दै जति जालझेल गरे पनि आफूलाई भोटरहरुले जिताउने विश्वास व्यक्त गरेका छन् ।

उनले सुरुमा आफ्नो नामको अगाडिको डा. हटाएको र अहिले फोटो हटाएको बताए ।

‘ल हेर्नुहोस त एनआरएनए मा काम गर्छु भनि आउन खोज्ने एउटा विज्ञलाइ हराउन कति सम्म षडयन्त्र गरिन्छ, उपाध्यक्षमा सबैको फोटो छ मेरो छैन् ।’ उपाध्यक्षका उम्मेदवार डा. श्रेष्ठले फेसबुकमा लेख्दै भनेका छन्, ‘सुरूमा डाक्टर हटाए, अहिले फोटो । खबरदार जति जालझेल गरेपनि मलाई भोटरहरुले जिताउने छन् ।’

प्रतिक्रिया
सम्बन्धित