
गुल्मी, २ कात्तिक । गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय कृष्ण बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार दिउँसो सोही वडाको तारनेटा टापु जोड्ने मोटरबाटो मर्मत गर्न जाने क्रममा डोजरले ठक्कर दिँदा सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिएसपीे डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
पाल्पाको माथागडी गाँउपालिका वडा नम्बर ७ रहवासका २९ वर्षीय कृष्ण बहादुर लामिछानेले चलाएको डोजरले ठक्कर दिँदा सुनारको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने डोजर चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया