८ कार्तिक २०८३, आइतबार

हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि पम्प सिल गरिएको हो।

मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको पाइएको बताइएको छ ।

पेट्रोल पम्पको तीनवटामध्ये एउटा नोजल सिल गरिएको हो।