८ कार्तिक २०८३, आइतबार

एमालेद्वारा गाजा शहरस्थित अस्पतालमा भएको आक्रमणको निन्दा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) ले प्यालेस्टाइनी राज्यको गाजा शहरमा रहेको अल अरब अस्पतालमा भएको आक्रणको निन्दा गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य जारी गर्दै पाँचसय जनाभन्दा बढीको ज्यान जाने गरी अस्पतालमा भएको आक्रमणको निन्दा र भत्र्सना गरेको हो ।

अस्पतालमा उपचार गराइरहेका बिरामी उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा,आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले स्तब्ध भएको अध्यक्ष ओलीद्वारा जारी विक्तव्यमा उल्लेख गरिएको छ ।

घटनामा बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने भन्दै आक्रमणको कडा शब्दमा निन्दा र भत्सना गरेको हो । एमाले शान्तिको पक्षमा रहेको वक्तव्यमा उल्लेख छ। जुनसुकै समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छभन्ने एमालेको मान्यता रहेको वक्तव्यमा भनिएको छ ।

एमालेले उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानून, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको बताउँदै यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्ने माग गरेको छ ।