
विराटनगर, १ कात्तिक । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
नेपाली काँग्रेसको शेखर कोइराला पक्षबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९ जना सांसदसहित ८ जना काँग्रेसका सांसदले समर्थन गरेका थिए ।
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
कार्कीलाई यसअघि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।















प्रतिक्रिया