२७ कार्तिक २०८३, शुक्रबार

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदैँ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १ कात्तिक । कोशी प्रदेश सभाको बैठक आज बुधबार बस्दैछ ।

बैठक विराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवलायले जनाइएको छ ।

सचिवलायका अनुसार बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर नेकपा (एमाले)का ३९ जना र कांग्रेसका ८ जना गरी ४७ जना प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनी गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । उनलाई एमालेको समर्थन रहेको छ ।

उनलाई केन्द्रीय सत्ता गठबन्धनले पनि विश्वासको मत दिने तयारी गरेको बताइएको छ । ९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४० (उपसभामुखसहित), नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सदस्य छन् ।