
काठमाडौं, ३० असोज । दसैँमा घर जाने नेपाली सेनाका बहालवाला सैनिक तथा तिनका आश्रित परिवारहरूलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराराइएको छ ।
यही असोज २१ गतेदेखि सञ्चालन गरिएको यो सेवा प्रयोग गरेर हालसम्म एक हजार २६ जनाले यात्रा गरेका छन् ।
सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा बसमार्फत ४२१ जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरूलगायत लामो दूरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ६०५ जनाले यो सेवाको लाभ लिएको नेपाली सेनाले जनाएको छ ।
यही असोज ३० गते (आज) सम्मका लागि सञ्चालन गरिएको यो वर्षको यातायात सेवालाई आगामी कात्तिक २ गतेसम्म सञ्चालन गरिने पनि सेनाले जनाएको छ ।













प्रतिक्रिया