बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

एनआरएनए विश्व सम्मेलन : मध्यपूर्व उपसंयोजक उम्मेदवार पोखरियाद्वारा मत अपिल

दैनिक नेपाल २०८० असोज ३० गते २२:१९

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व उपसंयोजक पदका उम्मेदवार पूर्ण पोखरियाले मत अपिल गरेका छन् ।

एनआरएनएको अभियानलाई अझ चुस्त–दुरुस्त र प्रभावकारी बनाउन समर्पित रहने प्रतिवद्धतासहित आफूले उपसंयोजक पदमा उम्मेदवारी दिएको र आफूलाई मतदान गरी विजयी गराउन उनले मदाताता (प्रतिनिधि) समक्ष अपिल गरेका हुन् ।

संस्थाको आवश्यकताबमोजिम संघको काठमाडौंमा जारी ११औँ माहाधिबेशनमा आफूले अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व उपसंयोजक पदमा उम्मेदवारी दिएको बताएका छन् ।

सहयोग र मतदानका लागि अपिल

एनआरएनएको अभियानमा मलाई सधैं प्रेरणा, सहयोग र ऊर्जा प्रदान गर्नुहुने गैर–आवासीय नेपाली संघका सम्पूर्ण सदस्यज्यूहरू, प्रिय मतदाता दिदीबहिनी तथा दाजुभाइहरू, अग्रज, सहकर्मी साथीहरू, अभियन्ता एवम् शुभचिन्तकज्यूहरू,

सम्पूर्ण शुभेच्छुकज्यूहरूको भावना र सल्लाह एवम् संस्थाको आवश्यकताबमोजिम गैर–आवासीय नेपाली संघको काठमाडौंमा जारी ११औँ माहाधिवेशनमा मेरो उम्मेदवारी अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्यपूर्व उपसंयोजक पदमा दर्ता गरेको सबैमा जानकारी गराउँछु । सुझावबमोजिम मेरो उम्मेदवारी मध्यपूर्व उपसंयोजक पदमा रहेकाले मध्यपूर्वका मतदाताज्यूहरूसँग अमूल्य मतका लागि आग्रह गर्दछु ।

यहाँहरूको निष्ठापूर्ण मतको सदा सम्मान गर्दै एनआरएनएको अभियानलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी बनाउन समर्पित रहेने प्रतिवद्धता व्यक्त गर्दछु ।

पूर्ण पोखरिया
उम्मेदवार
अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्येपूर्व उपसंयोजक
गैर–आवासीय नेपाली संघ (एनआरएनए)

प्रतिक्रिया
सम्बन्धित