
काठमाडौं, ३० असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभएर रमाउनु पनि राजनीति भएको बताएका छन् ।
आज मंगलबार काठमाडौंमा कान्तिपुर सिनेमाज एप उद्घाटन गर्दै उनले जिन्दगीको एउटा मात्र आयाम र रङ नहुने भएकाले धुम्म नपरेर रमाउनु पनि राजनीति भएको बताएका हुन् ।
‘जिन्दगीको एउटा मात्र आयाम हुँदैन, जिन्दगीको एउटै मात्र रङ्ग हुँदैन, जिन्दगीका अनेक रङ्ग हुन्छन्, राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन, रमाउनु पनि हो,’ अध्यक्ष ओलीले भने ।
आफूलाई कलाकारहरू खुब मन पर्ने र त्यसमा पनि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य धेरै मन पर्ने उल्लेख गर्दै समाजका कतिपय तीतो पक्षलाई कलाकारले हाँसीहाँसी प्रवाह गर्दा पनि समाज परिवर्तनका लागि सहयोग मिल्ने ओलीले बताए ।
उनले सबै चलचित्रलाई सेन्सर गर्न आवश्यक नरहे पनि देशको अहित हुने र साम्प्रदायिक विद्वेष भड्काउने खालका भए रोक्न आवश्यक रहेको विचार व्यक्त गरे ।













प्रतिक्रिया