
काठमाडौं, ३० असोज । नेपाल विश्वकप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा लाओसलाई नै स्तब्ध पार्दै जित निकालेर फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको हो ।
मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १–० को जित हासिल गरेको हो ।
पहिलो लेगमा १–१ को बराबरी खेलेको नेपाल समग्रमा २–१ को जितका साथ अघि बढेको हो । नेपालले अब दोस्रो चरणअन्तर्गत समूह एचमा युएर्इ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।













प्रतिक्रिया