२८ आश्विन २०८३, बुधबार

जनताको चेतनालाई चुनौती नदिन दलहरूलाई रवि लामिछानेको चेतावनी (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पुस्ताका नयाँ चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको दुईदिने नीति मन्थन कार्यक्रमको समापन समारोहमा लामिछानेले पुराना दलहरुबाट युवापुस्ताहरुले गरेको आशा भरोसा कायम गर्न नसक्ने देखिएकाले नयाँ पुस्ताका नयाँ चाहाना र चूनौतीलाई सामना गर्न पार्टी गठन भएको बताएका हुन् ।

उनले ढिलो दर्ता भएका आधारमा पार्टीलाई नयाँ भनेको नभई युगले खोजेको नयाँ पार्टी भएकाले नयाँ पार्टी भनेको जिकिर गरे । गत निर्वाचनमा जनताहरुले परिवर्तनको चाहना राख्दा पनि पुराना दलहरुप्रतिको विश्वासलाई निमिट्यान्न नपारेको अवस्था रास्वपालाई अवगत रहेको भन्दै उनले जनताको चेतनालाई चुनौती दिन हैसियत नभएको धारणा व्यक्त गरे । जनताको चेतनालाई चुनौती नदिन उनले अन्य दललाई पनि अनुरोध गरेका छन् ।

लामिछानले सामाजिक, आर्थिक लगायतका आयामहरु एकै ठाउँ नआएसम्म समृद्ध समाज निर्माण हुन नसक्ने धारणा उनको छ । रास्वपा समावेशी उदार लोकतान्त्रिक पार्टी भएकाले आफ्नो नीति र सिद्धान्तमा स्पष्ट रहेको उनको भनाइ छ ।