
भक्तपुर, ३० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) र केपी शर्मा ओलीको देशभक्तिपूर्ण राजनीति एमालेको सबभन्दा ठूलो पुँजी भएको बताएका छन् ।
अखिल नेपाल महिला संघ चाँगुनारायणको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै उनले पार्टीका पूर्वमहासचिव मदन भण्डारी र वर्तमान अध्यक्ष केपी शर्मा ओलीबारे यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘जनतामा जाने, श्रेष्ठता हासिल गर्ने, शासनसत्तामा पुग्ने, आमुल सुधार गर्ने र समाजवादको दिशामा अगाडि बढ्ने मदन भण्डारीको लाइन र सत्यसँग नलड्ने, असत्यसँग नझुक्ने केपी ओलीको लाइन एमालेका सबै नेता–कार्यकर्ताको जीवन–दर्शन बन्नुपर्छ,’ उनले भने ।

नेकपा एमाले अनुशासन आयोगका सदस्य बिना बास्तोला, अनेमसंघ केन्द्रीय सदस्यद्वय मन्दिरा मिश्र र जुना बस्नेत, एमाले प्रदेश कमिटी सदस्य रमिला कार्की, अनेमसंघ जिल्ला अध्यक्ष उत्तरा नेपाल, एमाले नगर अध्यक्ष रामप्रसाद तिमल्सिना र सर्मिला बस्नेत लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नानु कार्कीको अध्यक्षतामा सम्पन्न सम्मेलनले जानुसिंह ठकुरी अध्यक्ष, पार्वती न्यौपाने उपाध्यक्ष, पवित्रा तिमल्सिना सचिव, कौशल्या डोटेल सहसचिव र विमला श्रेष्ठ कोषाध्यक्ष रहेको २१ सदस्यीय कमिटी गठन गरेको छ ।













प्रतिक्रिया