
इनरुवा, ३० असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार आत्मसमर्पणवादी भएको आरोप लगाएका छन् ।
सुनसरीको इनरुवामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उनले नेपालको अभिभाज्य भूमी लिम्पियाधुरा, कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणवादी मानसिकताको उपज भएको बताएका हुन् ।
सत्तामा पुग्न, टिक्न, चुनाव जित्न विदेशीको आर्शीवाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्ने दाबी गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे सरकारले तुरुन्तै कुटनीतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोध्न दबाब दिएका छन् ।
यस्तै, उनले राष्ट्रपतिको भूमिका पार्टीको छायाँको रुपमा देखिएको र अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आवश्यक रहेको जिकिर गरे । सरकार र ठूला भनिने दलहरू भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाउँदै अध्यक्ष थापाले अब यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्ने दाबी गरेका छन् ।
धर्म परिवर्तन, बेरोजगारी, कुशासन र महङ्गी गणतन्त्रको पर्याय भएको चर्चा गर्दै थापाले संघीयता खारेज गरी सनातन हिन्दु अधिराज्य कायम गर्नुपर्नेमा जोड दिए ।













प्रतिक्रिया