
काठमाडौं, ३० असोज । झापामा आफ्नो घरनजिकै खेलिरहेकी एक आठ वर्षीया बालिका बलात्कारको शिकार बनेकी छिन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको जनाएको छ ।
यस्तै, २५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोथमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई पनि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने प्रहरीले जनाएको छ ।













प्रतिक्रिया