२८ आश्विन २०८३, बुधबार

प्रचण्डका दाह्रा–नङ्ग्रा छैनन् : विष्णु रिजाल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाह्रा र नङ्ग्रा नभएको टिप्पणी गरेका छन् ।

नेपाली सेनाभित्र पधानमन्त्री दाहालले चलखेल गर्न खोजेको भन्दै उनले प्रचण्डसँग हिजोका जस्ता दाह्रा र नङ्ग्रा नभएको बताएका हुन् । विगतमा पनि सेना चलाएर आफ्नो अनुकुल गर्न खोज्दा असफल भएका प्रचण्डले पुन: त्यही खेल दोहोर्‍याउन खोजेको भन्दै उनले सचेत समेत गराएका छन् ।

‘इतिहास दोहोरिँदा मजाक मात्र हुन्छ भन्ने प्रचण्डलाई यादै होला । थपमा त्यो कठोर र भोग्न कठिन हुन्छ । चर्चामा आए जस्तै सेनाभित्र फेरि घुसपैठ गर्न खोजिएको हो भने सेनापतिलाई हटाउन खोज्दा ०६६ मा भोग्नु परेभन्दा चर्को मूल्य पर्नेछ । आजका प्रचण्ड हिँजोका होइनन्, दाह्रा–नंग्रा छैनन्,’ उनले ट्विट गर्दै लेखेका छन् ।