२८ आश्विन २०८३, बुधबार

गैर आवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ : चन्द्र ढकाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र सम्वृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताएका हुन् ।

‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ,’ ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’ गैरआवासीय नेपालीहरुले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्र्याउन आग्रह गरे ।

नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको उनले बताएका छन् । आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै उनले बागलुङेहरू विदेशमा गएर सफलता प्राप्त गरेको बताए ।

‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरू स्थापित भएका छन्,’ ढकालले भने, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’