२८ आश्विन २०८३, बुधबार

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्स, कृषि विकास र माछापुछ्रे बैंकले लगानी गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा लगानी जुटेको हो । आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेगरी आज सम्झौता भएको छ ।

सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा ठूलो खोला हाइड्रो कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम/पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमित बाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरी अधिकारी, विश्व बन्धु भट्टराई, माछापुछ्रे बैंकको तर्फबाट अनिल सिवाकोटीका साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवडा र सिभिल इन्जिनीयर प्रमुख सिवसागर यादवको उपस्थिति थियो ।

आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतमा उल्लेख छ ।

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोलामा निर्माणाधीन छ । आयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए ।

२०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए पनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरी काम भइरहेको उनको भनाइ छ ।

आयोजनामा देव ग्रुपकै स्वामित्व रहेको अर्काे आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत दुई वर्षअगाडि नै सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको कम्पनी हो । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।