
भक्तपुर, २९ असोज । चौथो उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि लुभु डोजोले उचालेको छ ।
विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौथो उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २ रजत र ३ कास्यसहित अग्रस्थान हासिल गरेको थियो ।
यस्तै, मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण ४ रजत र ४ कास्यसहित दोस्रो र काभ्रे डोजो २ नै स्वर्णसहित ३ कास्य र ५ रजत पदक सहित तेस्रो भएको छ ।
खेलमा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजाका ३०० खेलाडीहरु सहभागी रहेका थिए ।
खेलमा महिलातर्फ २० केजीदेखि ५५ केजी र खुल्ला र पुरुषतर्फ २० केजीदेखि ६० केजीसम्म र खुल्लातर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो ।
उमेर समूहको उपाधि प्यारागन डोजोलाई
यस्तै, उमेर समूहअन्तर्गत खेलाइएको प्यारागन डोजोले ६ स्वर्ण सहित पहिलो हुँदै जुनियरतर्फ उपाधि हासिल गरेको छ । डोजोले ६ स्वण १ रजत र ४ कास्य पदक हासिल गरेको थियो ।
यसैगरी, २ स्वर्ण ३ रजत र ११ कास्यसहित विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कास्यसहित डेमस स्कुल डोजो तेस्रो भएको थियो ।
यस्तै, उमेर समूहअन्तर्गत १० वर्षका विद्या आर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ठ खेलाडी भएका थिए । उमेर समूहअन्तर्गत ७ वर्षदेखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए । – सञ्जीव दुलालबाट














प्रतिक्रिया