२८ आश्विन २०८३, बुधबार

मुलुकप्रतिको भ्रम चिर्ने काम गर्न नेता–कार्यकर्तालाई केपी ओलीको निर्देशन (भिडिओसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलकप्रतिको भ्रमलाई चिर्ने काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले देश काम लाग्दैन, देशमा अवसर छैन भन्ने भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले नेपालजस्तो महान र गौरवपूर्ण इतिहास भएको र नेपाल जस्तो सम्भावना भएको देश अरु नरहेको जिकिर गरे । नागरिक सर्वोच्चताको कुरा सुन्न नचाहनेहरूविरुद्ध जनतालाई सजक बनाउने काम एमालेले गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा रहेका अथाहा प्राकृतिक स्रोतहरूको उपयोग गर्नुपर्नेमा जोड दिए । यस्तै, उनले एमाले अध्यक्ष नफेरिने पार्टी नभएको र गतिशील पार्टी भएको स्पष्ट गरे ।