८ कार्तिक २०८३, आइतबार

कमल थापा भन्छन्- सरकारका कारण धार्मिक र समाजिक सद्भाव बिग्रँदै गयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानूनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशिल नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन् ।

सोमबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौ हत्या जस्ता संविधान र कानूनले निषेध गरेको कार्य भईरहेकोप्रति सरकार संवेदनशिल हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका हुन् ।

उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानूनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने धारणा राखे । थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थितिप्रति सबै पक्षहरु सचेत बन्नुपर्ने बताए ।

त्यस्तै अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे ।

थापाले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्रीको भ्रमण बारे सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताए ।