८ कार्तिक २०८३, आइतबार

यमप्रसाद अधिकारी प्रधानसेनापति बन्न लागेका हुन् ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने भन्दै गलत सूचना प्रवाह भएको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट र मिथ्या सूचना : लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चूनौती बिषयक कार्यक्रममा खड्काले सेनाको नियमावली चलाएर अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च भन्दै गलत सूचना प्रवाह भएको बताएका हुन् ।

खड्काले सेनाको नियम प्रक्रिया अनुसार उमेर र अवधिले भ्याउँदा पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था रहेको स्पष्ट पारे ।

सैनिक नियमका आधार भन्दा दायाँबायाँ सरकार जाने कल्पना पनि गर्न नसकिने भन्दै खड्काले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको जिकिर गरे ।

गलत सूचनाका आधारमा बनेको समाचारले भ्रम सिर्जना गरेको उनको भनाइ छ ।