२८ आश्विन २०८३, बुधबार

इजरायलमा ज्यान गुमाएका पाँचजना नेपालीको शव नेपाल ल्याउने तयारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । इजरायल सरकारले त्यहाँ मृत्यु भएका १० जनामध्ये पाँच जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासलाई बुझाएको छ ।

इजरायलमा रहेको नेपाली दूतावासले विज्ञप्ति जारी गरी पाँच जनाको शव प्राप्त भएको जनाएको हो ।

दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको छ ।

प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको विग्यप्तिमा उल्लेख छ ।