२८ आश्विन २०८३, बुधबार

प्रचण्डले भनेको मात्रै कांग्रेसले मान्न थालेपछि सांसदहरूले विद्रोह गरे : केपी ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न कांग्रेसबाट विद्रोह गरेका सांसदहरुलाई समर्थन गरेर मुख्यमन्त्री बनाएको बताएका छन् ।

प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेसका विद्रोही उम्मेदवारलाई समर्थन गरेको बताएका हुन् ।

एमाले मध्यावधिको सामना गर्न तयार रहे पनि वर्तमान आर्थिक मन्दीको अवस्थामा त्यो बाटो उपयुक्त नदेखिएकाले रोक्न चाहेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जे–जे भन्छन् कांग्रेसले त्यही–त्यही मान्दै जाँदा कोशी प्रदेश सभाका सांसदहरूले विद्रोह गरेको पनि ओलीले बताएका छन् । कांग्रेसले अति गरेपछि सांसदहरुले विद्रोहको बटो रोजेको उनको भनाइ छ ।