बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

दसैँ तिहार महोत्सव सम्पन्न (फोटो फिचर)

विजय थापा २०८० असोज २८ गते २१:०२

अमेरिका, २८ असोज । अमेरिकाको डीसी महानगर क्षेत्रमा दसैँ तिहार महोत्सव २०२३ भव्यताको साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्ड नामक स्थलमा भएको थियो । गत अक्टोबर १४ शनिबारका दिन सम्पन्न कार्यक्रममा दिनभरी चिसो मौसम, हिउँदे वर्षा भएता पनि अन्तिम समय सम्म दर्शकहरूले आफ्ना प्रिय कलाकारहरूलाई साथ दिई कार्यक्रमले ऐतिहासिक सफलता हासिल गरेको छ ।

उक्त कार्यक्रममा गायक तथा गीतकार कालीप्रसाद बास्कोटा मुख्य आकर्षणका केन्द्र रहेका थिए । उनले आधा दर्जन भन्दा आफ्ना कालजयी र प्रसिद्ध गीत प्रस्तुत गरेका थिए । उनले गीत गाउँदा दर्शकले सबै गीतमा स्वरमा स्वर मिलाई साथ दिएका थिए । अर्थात् उनले गीत सुरुवात गर्नु अगाडि नै दर्शकले पुरै गीत गएका थिए ।

उनले गीत प्रस्तुत गर्नु अघि वर्षा सुरु भएता पनि दर्शकहरूले छाता, पानी छेक्ने झिलझिले ओढ्ने वस्त्र (प्लास्टिक) प्रयोग गरेर भएता पनि अन्तिम समय सम्म साथ दिएका थिए । दर्शकहरू हर्ष र खुसीले बर्षाको कुनै वास्ता नगरी झुमेका थिए । बास्कोटाले अमेरिका आए पछि एक ब्याण्ड (संगीत मण्डली) निर्माण गरि प्रत्यक्ष रूपमा आफै सांगीतिक उपकरण प्रयोग गर्दै आफ्ना सबै गीत गएका थिए ।

अमेरिकाको न्युह्याम्सरबाट आएका हिमालयन ड्रिम्सको टोलीले आधा दर्जन भन्दा आफ्ना मुर्चुङ्गा सहितको बेजोड प्रस्तुति गरेको थियो ।

यसैगरी अमेरिकी द भ्वाइसकी ८ औ स्थान अर्थात् सेमीफाइनलमा पुगेकी बाल्टिमोरकी नेपाली छोरी परिजिता बास्तोलाले पनि नेपाली र अंग्रेजी गएकी थिइन् । उनले अमेरिकामा जन्मेको भएता पनि नेपाल कहिले नगएको र अर्को साल नेपाल जाने र प्रस्तुति समेत गर्ने बताइन ।

यस्तैगरी अन्तिम प्रस्तुतिमा फिरोज स्याङ्गदेन तथा उनको ब्याण्ड (संगीत मण्डली)ले बेजोड प्रस्तुति गरेका थिए । उनले देश प्रेम गीतबाट सुरुवात गर्दै आधा दर्जन गीत प्रस्तुत गरेका थिए । त्यस्तै अमेरिकामै जन्मेकी भर्जिनिया सेन्टरभिलकी नेपाली छोरी प्रकृति देउजाले नेपाली र अंग्रेजी गीत गाएकी थिइन् ।

मुख्य सांगीतिक प्रस्तुति ६ बजे पछि गरिएता पनि दिउसो १ बजे देखि स्थानीय कलाकारहरूले बिभिन्न प्रस्तुति गरेका थिए । थुप्रै प्रस्तुति मध्ये अमेरिकाको भर्जिनियामा मै जन्मेकी रेहाना दाहालको बिशेष प्रस्तुती अद्वितीय रहेको थियो । त्यस्तै गरि न्युयोर्कबाट आएका कलाकार तथा जादुगर महादेव त्रिपाठीले दुई पटक फरक समयमा प्रस्तुति गरेका थिए । उनको प्रस्तुति दर्शकले खुब प्रशंसा गर्दै उनले नेपाल आमाको बारेमा केही भन्दै गर्दा दर्शक भाबुक समेत भएका थिए ।

साँझ ६ बजे पछि स्थानीय मोक्ष मन्त्र ब्याण्ड (संगीत मण्डली) लगायत समेतले प्रस्तुति दिएका थिए ।

दशैँ तिहार फेस्ट अर्थात् दशैँ तिहार महोत्सव २०२३ वासिङ्टन डीसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली समुदाय तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी आयोजना गरिएको हो । अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवर्द्धन गर्नका लागि आयोजित महोत्सवले अपार सफलतापूर्वक सम्पन्न भएको छ ।

महोत्सवमा दसैँ बजार, नेपाली खानाका परिकार, नेवारी खाना, थारु खाना, सेलरोटी, गहना पसल र लुगा तथा अन्य विभिन्न सामानका प्रदर्शनी कक्षहरू रहेका थिए ।महोत्सवमा दिउँसोको समय मंगलधुन, लाखे नाच, रथ प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति भएका थिए ।

महोत्सव थ्री इन्टरटेन्टमेन्टले आयोजना गरेको थियो । दशैँ तिहार महोत्सवमा प्रथम भाग्यशाली चिट्ठा बिजेतालाई अमेरिकाबाट नेपाल जाने र आउने टिकट प्रदानको साथै दोश्रो भाग्यशाली बिजेताले अमेरिका भित्रै ४५० डलर सम्मको लागि आन्तरिक यात्रामा अमेरिकामा यात्रा र, तेश्रो चिट्ठा बिजेतालाई ६५ इन्चको टिभी (दूरदर्शन) प्रदान गर्ने उद्देश्यले चिट्ठाको पनि घोषणा गरिएको थियो ।

गत बर्ष सफलतापूर्वक सम्पन्न दशैँ तिहार महोत्सव २०२३ दोश्रो महोत्सव हो । दिउसो देखि नै संचालन रहेको कार्यक्रममा राजश्री श्रेष्ठ, कलाकार निशा अधिकारी, प्रसिद्ध कलाकर पवनकली मम्पी घोष लगायतले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम अनेष्ट रियल स्टेटले आयोजना गरेको हो भने अन्जना बुढाथोकीले सबैलाई धन्यबाद दिएकी थिइन् । कार्यक्रम बीच मेरिल्याण्ड राज्यका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारी सहित बिदेशी स्थानीय नेताहरू समेतले शुभकामना सहित छोटोमा आफ्ना भनाई राखेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित