
काठमाडौं, २८ असोज । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।
नेकपा एमाले काठमाडौं महानगर समितिले आज आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी हिुन् ।
देशमा जात–जातका बीचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सृजना भइरहेको र त्यो गलत काम भएको भन्र्दै उपाध्यक्ष शाक्यले आजसम्म विभिन्न जातजातिहरु मिलेर बसेकै कारण राष्ट्रियता बलियो हुन सकेको स्पष्ट गरिन् ।
संस्कृति हामीले गर्दै आएको पूजाआजा र सद्भाव मात्रै नभइ विविधता भएको बताउँदै उनले समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने विचार व्यक्त गरिन् ।















प्रतिक्रिया