
काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज शपथलगत्तै सानो मन्त्रिमण्डल बनाउने भएका छन् ।
जसमा पहिलो चरणमा एमाले र काँग्रेसबाट एक/एकजना मन्त्री बन्नेछन् । एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बन्ने पक्का भएको छ ।
कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।















प्रतिक्रिया