८ कार्तिक २०८३, आइतबार

बडा दसैं सुरू, हुनमान ढोकास्थित दसैं घरमा घटस्थापना (भिडिओसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । यस वर्षको बडा दसैं आइतबारबाट सुरु भएको छ ।

नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । यसै क्रममा काठमाडौंको हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत् रुपमा घटस्थापना गरिएको छ ।

विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ बजेर २९ मिनेटको साइतमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो ।

बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिएको मूल पुजारी सागर खरेलले जानकारी दिए । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।