८ कार्तिक २०८३, आइतबार

अर्थतन्त्रमा देखिएका समस्या पूर्णरुपमा समाधान हुन केही समय लाग्छ: अर्थमन्त्री महत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या पूर्णरुपमा समाधान हुन केही समय लाग्ने बताएका छन् ।

मोरोक्कोको माराकेशमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी आइतबार स्वदेश फर्किएका अर्थतन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रमा लामो समयदेखि देखिएको समस्या पूर्ववत अवस्थामा फर्काउन पनि केही समय लाग्ने बताएका हुन् ।

अहिले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत सुरू भइसकेको उनको भनाइ छ । अर्थमन्त्री महतले मारोक्कोको वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीबीच सामुहिक तथा द्विपक्षीय हितका विषयमा छलफल तथा अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर समेत प्राप्त भएको बताए ।

वित्तीय सुशासन, पारदर्शिता तथा नेपाली सन्दर्भ र परिवेश अनुसारको सुधार आवश्यकका बिषयमा पनि परिचर्चा भएको उनले बताए । अर्थमन्त्री विश्व बैंकको र राष्ट्र बैकका गभर्नर आइएमएफको पदेन गभर्नर रहने व्यवस्था छ ।

त्यसैगरी, अर्थ सचिव विश्वबैंकको वैकल्पिक गभर्नर तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आइएमएफको वैकल्पिक गभर्नर रहने व्यवस्था छ ।