बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

एनआरएनएको सचिवमा राजेन्द्र पुडासैनीको उम्मेदवारी

दैनिक नेपाल २०८० असोज २८ गते ११:१०

काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनमा सचिवका लागि राजेन्द्र पुडासैनीले उम्मेदवार बनेका छन् ।

लामो समयदेखि गैरआवासीय नेपालीका हक अधिकारका लागि एनआरएनएमा सक्रिय पुडासैनी एनआरएनए युकेको स्थापनाकालदेखि सक्रिय र विभिन्न समयमा सल्लाहकार रहेर एनआरएनए २०२१-०२३ को आइसीसी सदस्य हुन् ।

यति नेपाली एसोसिएसन युकेको दुई कार्यकाल महासचिव (२००४-०६, २००६-०८०) रहेका पुडासैनी सिनियर स्वास्थ्यकर्मीका रूपमा बेलायतमा कार्यरत छन् ।

उनले नेपालमा भूकम्प र कोभिडको समयमा उल्लेखनीय काम गरेका थिए । बेलायतको ट्रेड युनियन गतिविधिमा सक्रिय सहभागिता र कार्यक्षेत्रमा भएका समस्याका लागि स्वयंसेवा र सहजकर्ता भूमिका खेलेका पुडासैनी समाज परिवर्तनमा लामो समयदेखि सक्रिय रहेका छन् ।

उनले एनआरएनएमार्फत धेरै राम्रा काम हुँदै आएपनि नेतृत्वका लागि हुने गरेको अस्वस्थ, पद प्राप्तिका अप्रिय प्रतिस्पर्धाहरूका कारण यसको छविमा धक्का पुगेको बताए । उनले आफू एनआरएनएको केन्द्रीय तहमा पुगे एनआरएनएलाई नयाँ बाटोमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै त्यसकै लागि सचिवमा उम्मेदवारी दिएको बताए ।

विदेशमा रहेका सबै गैरआवासीय नेपालीबीच संस्थाप्रति आकर्षित गराउँदै संस्थामा गोलबद्ध बनाउने आफ्नो प्राथमिकता रहेको पुडासैनीको भनाइ छ । ६ जना निर्वाचित हुने सचिव पदमा आफूलाई महत्वपूर्ण अमूल्य मत दिएर विजयी गराउन पुडासैनीको अपिल छ ।

प्रतिक्रिया
सम्बन्धित