२७ कार्तिक २०८३, शुक्रबार

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले शपथ लिँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीलाई नेपाली कांग्रेसका ८ र नेकपा (एमाले)का ३९ गरी बहुमत ४७ सांसदको समर्थन रहेको छ ।

शपथ ग्रहणसँगै मुख्यमन्त्री कार्कींले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको बुझिएको छ ।