२७ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली प्यूठान जाँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज प्यूठान जाँदैछन् ।

बिहान साढे १० बजे हेलिकोप्टरमार्फत उनी स्वर्गद्वारी पुग्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज समेत रहेका सांसद सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले नौबाहिनी गाउँपालिकाले निर्माण गरेको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नेछन् ।  अध्यक्ष ओलीले स्वर्गद्धारी मन्दिरको दर्शन गर्ने र पूजाआजा कार्यक्रममा सहभागी हुने बताइएको छ ।

अध्यक्ष ओलीले नयाँबजार बिजुवार जुम्रिमा समेत प्यूठानीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम पनि राखिएको छ ।

यसअघि असोज १६ गते तय गरिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण हेलिकप्टर आउन नसकेपछि स्थगित भएको थियो । ​