शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS: मुख्यमन्त्री बनाएको जस लिन होडबाजी, हेलिकोप्टर दुर्घटनामा पाइलट घाइते

दैनिक नेपाल २०८० असोज २७ गते २२:११

काठमाडौं, २७ असोज । कोशी प्रदेशमा नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

कार्की नेकपा एमालेको पूर्ण समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । तर, मुख्यमन्त्री नियुक्त भइसकेपछि गठबन्धनका शीर्ष नेता कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले कार्की गठबन्धनकै मुख्यमन्त्री भएको दाबी गरिरहेका छन् । जसको समर्थन लिएर नियुक्त भए पनि कार्की गठबन्धनको भएको उनीहरूको दाबी छ ।

उनीहरूको यो दाबीलाई मुख्यमन्त्री र विद्रोही अन्य ८ जना सांसदले सावित गरिदिए भने कोशीमा नेकपा एमाले केही समस्यामा पर्न सक्ने देखिएको छ ।

यस्तै, सोलुखुम्बुको लुक्लाबाट लोबुचेतर्फ उडेको मनाङ एयरको नाइन एन–एएनजे कलसाइन भएको हेलिकोप्टर खुम्बु पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटनामा परेको छ । दुर्घटनामा पाइटल पीके सेढाइ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित