२८ आश्विन २०८३, बुधबार

गौमाता रक्षार्थ महायज्ञको तयारी पूरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २७ असोज । गौमाता रक्षार्थ भोलि आइतबारदेखि घोरामीमा हुने महायज्ञको तयारी पूरा भएको छ ।

श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा भोलि असोज २८ देखि कात्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा गौमाता रक्षार्थ हुने ‘श्रीमद्भागवत एवम् शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

समाजमा राष्ट्रिय एवम् धार्मिक जनावर गाईको महत्व थप स्थापित गर्ने एवम् श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवम् गोवंश (गाई, गोरु, बाच्छा, बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञको सम्पूर्ण तयारी पूरा भएको आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले जानकारी दिए ।

महायज्ञका लागि आवश्यक भौतिक संरचना निर्माण, शोभायात्राको तयारी, गेट निर्माण, पत्राचार लगायतका सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए ।

गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नेछन् ।

घटस्थापनाका दिनदेखि सुरू हुने ‘श्रीमद्भागवत एवम् शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञमा हरेक दिन श्रृगारिक गौ आरती गरिने छ । एक करोड दीप प्रज्वलन गरिने भएको छ । भत्तजनहरुको माग अनुसार महायज्ञमा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ ।

यस्तै एक हजार आठ शालिग्राम पूजन, एक सय आठ कन्या पूजन लगायत विवाह, ब्रतबन्ध, चौरासी पूजाको व्यवस्था पनि गरिएको छ । महायज्ञको वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभूषित प.अमृतशरण देबाचार्य रहेका छन् ।

शोभायात्रामा उपस्थितिकालागी अनुरोध

विजयादशमी २०८० को अवसरमा असोज २८ देखी कार्तिक ५ गतेसम्म आयोजना गरिएको ‘श्रीमद्भागवत एवम् शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ को उद्घाटनपूर्व हुने शोभायात्रामा उपस्थितिका लागि आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।

आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले मध्याह्न १२ बजेदेखि घोराहीको ट्र«ाफिक चोकबाट सुरू हुने शोभायात्राका लागि सम्पूर्ण सामाजिक संघसंस्था, धार्मिक, जातिय, युवा, महिला संघसंस्थाहरुलाई पत्राचार गरिएको बताउँदै पत्र प्राप्त नभए पनि सम्पूर्ण भक्तजनहरुलाई विशाल उद्देश्यका साथ आयोजना गरिएको महायज्ञको शोभायात्रामा उपस्थित भई सहयोग गर्न अनुरोध गरेका छन् ।