बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

प्रधानमन्त्री प्रचण्डद्वारा एनआरएनए कोषाध्यक्षका प्रत्यासी सुदन थापा सम्मानित

दैनिक नेपाल २०८० असोज २७ गते २१:३०

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)२०२३/२५ को कोषाध्यक्ष पदका प्रत्यासी सुदन थापा सम्मानित भएका छन् ।

सिजन मिडियाले आयोजना गरेको अवार्ड कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई ‘युथ लिडरशीप एचिभर अवार्ड’ प्रदान गरेका हुन् । सामाजिक सेवामा योगदान पुर्‍याएको भन्दै उनलाई यो अवार्ड दिइएको हो ।

थापा एनआरएनए जापानका पूर्वअध्यक्ष समेत हुन् ।

थापा एनआरएनएको यही अक्टोवर १७–१९ मा काठमाडौंमा हुने ११औँ महाधिवेशनमा कोषाध्यक्ष पदमा निर्वाचन लड्दै छन् ।

विगत १६ वर्षदेखि जापानमा व्यापार, व्यवसायी र सामाजिक कार्यमा सक्रिय थापा काम गर्न अब्बल युवाको रुपमा चिनिन्छन् ।

सन् २००८ बाट एनआरएनए जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन् ।

थापा एनआरएनए जापानको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष तथा एनआरएनए आइसीसी युवा संयोजकमा रहेर काम गरिसकेका छन् । थापाकै पालामा एनआरएनए खेलकुद प्रतिष्ठान गठन भएको थियो ।

रामेछापमा जन्मिएका थापा काठमाडौंमा अध्ययन गरी थप उच्चशिक्षाका लागि जापान छिरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित