२८ आश्विन २०८३, बुधबार

राजादेखि बिप्लवसम्म अटाउने राज्य व्यवस्था नल्याए मुलुक थप संकटमा : कमल थापा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि विप्लव माओवादीसम्म सबै अटाउने राज्य व्यवस्था नल्याए मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् ।

सबैलाई समुचित स्थान नदिने र निषेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै व्यवस्था परिवर्तन गर्ने बताउँदै उनले मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन, बेरोजगारी, धर्म परिवर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने धारणा व्यक्त गरेका छन् ।

जनता जागेपछि कसैको केही नलाग्ने जिकिर उनको छ । ‘जनता वाक्क दिक्क छन्, मनपरीतन्त्र हाबी छ, भ्रष्टाचारले सीमा नाघेको छ, यस्तो बेलामा जनता टुलुटुलु हेरेर बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले विकल्प खोज्छन्,’ थापाले भने ।

देशको स्वाधीनता र स्वाभिमान कमजोर भन्दै थापाले आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त सरकारले स्वाधीनताको रक्षा गर्न नसक्ने दाबी गरे । राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुकुकको व्यवस्था र अबस्था परिबर्तन गर्न अगाडि बढ्ने स्पष्ट पार्दै थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निषेधको अनुभूति गर्नु नपर्ने, सबैलाई सम्मान हुने बताए ।

लोकतन्त्र, हिन्दुत्व, सुशासन र समृद्धिको बाटोबाट मुलुकलाई अगाडि बढाइने हुँदा अब सबै नेपाली जनताको साथ र सहयोगमा आन्दोलन केन्द्रित हुन र सहयोगको निमित्त जनमानसमा आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरू तारानाथ लुइँटेल, भाष्कर भद्रा, श्याम घिमिरे, श्याम नेपाल, सुदर्शन केसीलगायतले धारणा व्यक्त गरेका थिए ।