शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एनआरएनए आइसीसी अमेरिकाज उपसंयोजकमा डा. किस्मत भण्डारीको उम्मेदवारी

दैनिक नेपाल २०८० असोज २७ गते १८:३२

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) अमेरिकाज उपसंयोजकमा क्यानडाबाट डाक्टर किस्मत भण्डारी उम्मेदवारी बनेका छन् ।

डा.भण्डारी संघको यही अक्टोवर १७–१९ मा काठमाडौंमा हुने ११औँ महाधिवेशनमा आइसीसी अमेरिकाज उपसंयोजकमा उम्मेदवारी बनेका हुन् ।

क्यानडालाई कर्मभूमि बनाएर लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय डा. भण्डारीले उपसंयोजकमा उम्मेदवार बनेको र सबैको साथ सहयोग र समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित