२८ आश्विन २०८३, बुधबार

अराजकवादीहरूले मुलुकको परिवर्तनमाथि नै हमला गरे : महेश बस्नेत (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरुको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका छन् ।

रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकवादीहरुले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गर्दै बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर भएको जिकिर गरेका छन् । नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको भन्दैै गलत ढंगले नबुझ्न अनुरोध समेत गरे ।

दुर्गा प्रसाईको गतिविधिको कडा विरोध गर्दै उनले आफूहरुले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा चुप लागेर नबस्ने चेतावनी पनि उनले दिएका छन् ।

झापामा आफूहरुको कार्यक्रम विथोल्नका लागि पहिचानवादी र दुर्गा प्रसाईका समथर्कहरु मिलेर आएको उनले दाबी गरे । उनले संविधान र कानुनविरोधीहरुलाई राज्यको तर्फबाट कानुनी दायरामा ल्याउन सरकारलाई भन्ने र सरकारले ती अराजकहरुलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिए ।