
काठमाडौं, २७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरलाई निलम्बन गरेको छ ।
पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि सो हेलिकोप्टर कम्पनीको एयर अपरेटर सर्टिफिकेट (एओसी) निलम्बन गरेको हो ।
मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो ।
प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय तीन महिनापछि गर्ने छ ।
सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर आज बिहान जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाइँको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, गत असार २६ गते मनाङ एयरकै हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित ६ जनाको मृत्यु भएको थियो ।













प्रतिक्रिया