सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

स्तन क्यान्सरको नि:शुल्क ओपीडी सेवा सुरू

दैनिक नेपाल २०८० असोज २७ गते १३:००

चितवन, २७ असोज । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सीएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण नि:शुल्क गरिएको छ ।

आज शनिबार पत्रकार सम्मेलन गरी अस्पतालले यही अक्टोबर महिनाभरि स्तन क्यान्सरको बहिरङ्ग (ओपीडी) सेवा नि:शुल्क गरिएको जानकारी दिएको हो ।

स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिइएको छ । अस्पतालले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) का रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित