
काठमाडौं, २७ असोज । पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य आनन्द पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलले पदको सम्मान र गरिमाको लागि राजीनामा दिनुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलले पदीय मर्यादा भुलेर कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने क्रममा नेपाली कांग्रेसको नेताको रुपमा भुमिका खेलेको भन्दै नेता पोखरेलले राष्ट्रपति पौडेलले राजीनामा दिएर पदको सम्मान गर्नुपर्ने बताए ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पोखरेलले भनेका छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पदीय मर्यादा भुलेर कोशीको मुख्यमन्त्री छान्ने क्रममा काग्रेसको नेताको रुपमा भुमिका खेलेकोले राष्ट्रपति पदको सम्मान र गरिमाको लागि पौडेलले राजीनामा दिनु पर्दछ !’
यसअघि आजै पूर्वउपप्रधानमन्त्री कमल थापाले पनि कोशीकै विषयमा लिएर राष्ट्रपति पौडेलको राजीनामा मागेका थिए ।
‘कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ । पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन् । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’ फेसबुकमा लेख्दै थापाले भनेका छन् ।











प्रतिक्रिया