
मकवानपुर, २७ असोज । मकवानपुरको बकैया गाउँपालिका-३ बसनमा विषालु च्याउ खाँदा छजना बिरामी भएका छन् ।
शुक्रबार स्थानीय ७० वर्षीय सुभेसिंह भोलनको घर नजिकै उम्रिएको च्याउ खाँदा भोलनसहित छजना बिरामी भएका हुन् ।
बिरामी हुनेमा भोलनसहित उनकी श्रीमती ६५ वर्षीया ठुलीमाया भोलन, छोरा २६ वर्षीय गंगालाल भोलन, ३० वर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० वर्षीया सम्झना रुम्बा र उनको भाउजु ३६ वर्षीया फुलमाया रुम्बा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया