शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एनआरएनएको उपाध्यक्षमा क्यानडाबाट चिरञ्जीवी घिमिरेको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असोज २६ गते २२:५७

काठमाडौं, २६ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षका लागि क्यानडाबाट चिरञ्जीवी घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

संघको यही अक्टोवर १७–१९ मा हुने ११औँ अधिवेसनमा कार्ययोजनासहित अब आउने कार्यकाल २०२३–२०२५ को लागी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

संघभित्र केही वर्षदेखि देखिएको बिभिन्न चुनौतीहरू र विभाजनलाई मिलाउदै संस्थागत रूपान्तरण गरी सबैको साझा घर बनाउने वातावरणको निर्माण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको घिमिरेले बताएका छन् ।

‘एनआरएनए आईसीसीको २०२१–२०२३ को विसम् कार्यकालमा सचिवको जिम्मेवारी निर्वाह गर्दा एकता, सहमति र सहकार्यका लागि मैले अहम् भूमिका निर्वाह गरेको छु । आसन्न निर्वाचनमा तपाईंहरूले अत्यधिक मत दिई मलाई उपाध्यक्ष पदमा विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु,’ उम्मेदवारी घोषणापछि मत अपिलल गर्दै उनले भनेका छन् ।

यी हुन् घिमिरेका चुनावी एजेण्डाहरू–

वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता ।

सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी ।

पुस्तान्तरण केन्द्रित एनआरएनए ।

वैदेशिक शीप ज्ञान तथा नेपालमा सामुहिक लगानी ।

नेपालमा पर्यटन विकास ।

नेपाली कला संस्कृतिको प्रवर्द्धन ।

गैर आवासीय नेपाली संघका सबै सदस्यहरू प्रतिनिधि हुन पाउने अधिकारको सुनिश्चितता गरिने ।

मैले बिगतदेखि गैरआवासीय नेपाली संघ का बिभिन्न निकायहरूमा रहेर सफलतापुर्वक आफ्ना जिम्मेवारीहरू पुरा गर्दै आएको छु । एन आर एन क्यानडाको महासचिव (२०१७–२०१९) तथा अध्यक्ष (२०१९–२०२१) को पदमा रहेर काम गरि सकेको छु । म एन आर एन क्यानडाको अध्यक्ष रहँदा ‘नेपालमा अक्सिजन पठाऔं अभियानमा’ क्यानडाबाट ७५ थान अक्सिजन कन्सन्टेटर लगाएत अन्य सामाग्रीहरू कोभिड महामारीको सामना गर्न नेपाल पठाएको कुरा सर्बबिदितै छ ।

हाल अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को सचिव, तथा गैर आवासीय नेपाली संघको विधान संसोधन कमिटी मा रहेर सुदृढ एबम गतिशिल एनआरएनए बनाउने कार्यमा दृढतापुर्वक लागिरहेको छु । आशा छ २०२३–२०२५ को कार्यकालमा मलाई अत्याधिक मत दिई उपाध्यक्ष पदमा बिजयी गराउनुहुनेछ ।

घिमिरेले गरेका कामहरू–

कोभिडको महामारीमा नेपालमा अक्सिजनको अभाव हुदा ७५ थान अक्सिजन कन्सनट्रेटर पठाएको ।

क्यानडाको केन्द्रीय तथा प्रान्तीय सरकार संग सहकार्य गरि नेपालमा भेन्टिलेटर तथा अत्याबश्यक स्वास्थ्य सामाग्री पठाएको ।

क्यानाडाभरि स्पोर्टस सप्ताह मनाएको ।

बंसजको आधारमा निरन्तरताका लागि निरन्तर काम गरेको ।

कोभिडको महामारीमा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष भेटघाट गरी आवश्यक सहयोग गरेको ।

क्षेत्रीय विज्ञान सम्मेलन सम्पन्न ।

कला संस्कृति र पर्यटनको संरक्षण तथा प्रवर्द्धन गैर आवासीय नेपाली संघको बिधान संसोधन समिति सदस्य ।

२०२१–२०२३ सचिव गैर आवासीय नेपाली संघ ।

२०१९–२०२१ अध्यक्ष गैर आवासीय नेपाली संघ क्यानडा ।

२०१७–२०१९ महासचिव गैर आवासीय नेपाली संघ क्यानडा ।

२०१९–२०२१ गैर आवासीय नेपाली संघ विधान संसोधन समिति सदस्य ।

प्रतिक्रिया
सम्बन्धित