शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दिनभरका TOP 15 NEWS : कोशीमा कांग्रेस फुट्दा मुख्यमन्त्री नियुक्तिमा लफडा, तनावमा प्रधानमन्त्री

दैनिक नेपाल २०८० असोज २६ गते २२:११

काठमाडौं, २६ असोज । कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसदहरू विभाजित हुँदा सरकार गठनमा लफडा सुरू भएको छ ।

कांग्रेसका नौ जना सांसदले पार्टी र गठबन्धनले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीको छुट्टै उम्मेदवार खडा गरेपछि कांग्रेसहित गठबन्धन दलहरूभित्र लफडा भएको हो ।

कांग्रेसका नौ जना सांसदलाई नेकपा एमालेले समर्थन दिएको छ भने कांग्रेसका विद्रोही उम्मेदवार नै कानुनी र संख्यात्मक कोणबाट बलियो उम्मेदवार बनेका छन् । त्यसकारण प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिमा आलटाल गर्दै आएका छन् ।

केन्द्रका शीर्ष नेताहरूको निर्देशनमा खापुङले भोलिमात्र सांसदहरूको सशरीर सनाखत गर्ने भएका छन् । सनाखतका लागि प्रदेश सभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अर्कोतर्फ संघीय सरकारमा समेत कोशीको बाछिटाले भेट्ने चिन्ताबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ग्रस्त बनेका छन् । कोशीमा लफडा सुरू भएसँगै केन्द्रमा कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको माग गर्न थालिएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित