
काठमाडौं, २६ असोज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
जोखिम न्यूनीकरणसम्बन्धी शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले हालैको बाजुरा भूकम्प, मेलम्चीको बाढी, जुरे पहिरो लगायतबाट भएका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको प्रष्ट्याइरहेको भन्दै विज्ञहरुको सुझावका आधारमा नीति कार्ययोजना बनाउने बताएका हुन् ।
बिपद व्यवस्थापन केवल विपद् घटाउने कुरामा मात्रै नरहेको र देश विकासको जगसँग सम्बन्धित बिषय पनि रहेको उनले बताए ।
उनले संसारभर नै पूर्वविपद सुचना प्रणाली विकसित भएको अवस्थामा नेपालमा पनि पहिरो र भूकम्पको पूर्वसूचनासम्बन्धी बिषय महत्वपूर्ण रहेको जिकिर गरे ।
उनले विपद्बाट हुने जनधनको क्षतिलाई कम गर्नका लागि त्यही अनुसारको संरचना निर्माणको आवश्यकता देखिएको धारणा राखे ।















प्रतिक्रिया