
काठमाडौं, २६ असोज । इजरायलबाट फर्किन थप दुईसय जना नेपालीले दूतावासमा निवेदन दिएका छन् ।
यसअघि गएराति २५४ जना स्वदेश आइपुगेका छन् । उनीहरूलाई लिन नेपाल एयरलाइन्सको जहाज इजरायल गएको थियो ।
दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो। नेपाल फर्किन चाहने थपलाई पनि उद्वारको प्रक्रिया अगाडि बढिसकेको दूतावासले जानकारी दिएका छ ।
हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । एकजना भने सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा अध्ययनका लागि इजरायल पुगेका विद्यार्थी विपिन जोशी रहेका छन् । उनको खोजी भइरहेको दूतावासले जानकारी दिएको छ ।















प्रतिक्रिया