२७ कार्तिक २०८३, शुक्रबार

राप्रपाको केन्द्रयी पदाधिकारी बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक आज शुक्रबार बस्दैछ ।

बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्न लागेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकले मुलुकको समसामयिक परिस्थतीको समिक्षा गर्ने, पार्टीका भूगोल केन्द्रीत कार्यक्रमहरुको समिक्षा गर्ने र कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनिती तय गर्ने र आवश्यक निर्णय लिने छ ।

दश दिन अगाडी कार्य सम्पादन समितिको बैठकले पदाधिकारीसँग परामर्श गरी आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरेको थियो । सोहीअनुसार अध्यक्ष लिङ्देनले केन्द्रीय पदाधिकारी बैठक बोलाएको बताइएको छ ।